नक्कली पीसीआर बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको सिनामंगलमा रहेको सुरिया हेल्थ केयरका कर्मचारीलाई पक्राउ गरेको छ ।
मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले ४ थान नक्कली परीक्षण रिपोर्ट सहित व्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ जना कर्मचारीलाई पक्राउ गरेको हो ।
हेल्थ केयरका संचालकलगायतको मिलेमतोमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि चर्को रकम असुलेर नक्कली रिपोर्ट दिने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेका थियो ।
प्रहरी टोलीले हेल्थ केयरको कम्प्यूटर लगायतका उपकरण...