काठमाण्डाै – नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाण्डाैकाे तीनकुनेमा रहेको कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी शिक्षण अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बुधवार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा नागरिक कम्युनिटी शिक्षण अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र रहेका छन् । यस्तै ...