कर्णाली प्रदेशमा नेकपा हुँदै एमालेभित्रको कलहको इतिवृत्तान्त

सुर्खेत । कर्णाली प्रदेशमा राजनीतिक विवाद चरम उत्कर्षमा छ । नेकपा एमालेभित्रको राजनीतिक विवादले न प्रदेशसभा राम्रोसँग चल्न सकेको छ न त राजनीतिक विवादले तत्कालै निकास पाउने स्थिति छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा होस् या अहिले नेकपा एमालेभित्र देखिएको विवादले कर्णाली प्रदेश मात्र नभई राष्ट्रिय राजनीतिलाई पनि तताएको छ ।यामलाल कँडेलले ०७७ असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरु भएको राजनीतिक विवाद अझै किनारा लागिसकेको छैन । त्यतिबेला नेकप

सम्बन्धित सामग्री

कर्णालीमा २१ प्रतिशत असुरक्षित गर्भपतन

कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।...

सुर्खेतमा कर्णाली प्रदेश चलचित्र कार्यशाला हुँदै

केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो ।  आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काकाअनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा

कर्णाली प्रदेशमा चलचित्र कार्यशाला हुँदै

काठमाडौँ- यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ । यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले पनि कार्यशालामा […]

सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको अध्यक्ष नेपालको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको […]

कर्णाली प्रदेशमा भोलि मन्त्रीपरिषद् विस्तार हुँदै

न्युज अफ नेपाल, सुर्खेत । कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री […]

कर्णाली प्रदेशमा प्रांगारिक क्षेत्र घोषणा कार्यान्वयन हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने निर्णय कार्यान्वयन गर्ने भएको छ । सोही अन्तर्गत कृषि विकास कार्यालय जुम्ला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र खाद्य तथा कृषि संगठन जुम्लाले जिल्लामा प्रांगारिक मिसन तयारी गोष्ठी सम्पन्न गरेको छ ।      व्यावसायिक प्रांगारिक तथा रैथाने बालीको उत्पादन र बजारीकरण बीचको दूरीलाई कम गर्दै विशेष प्रांगारिक मूल्य शृंखलाको विकास गर्ने उद्देश्यले अभियान गोष्ठी गरेको हो । जुम्लाका अगुुवा किसान, पत्रकार, अग्र्यानिक कृषि अभियन्ता लगायतको उपस्थितिमा जिल्ला सदरमुकाम जुम्ला बजारमा आयोजित एकदिने गोष्ठीमा अग्र्यानिक जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुलाई बाह्य बजारसम्म प्रमाणीकरण गरी विक्री गर्ने विषयमा छलफल गरिएको छ । कर्णाली प्रदेश सकारकाले १५ वर्षे प्रांगारिक कृषि योजना समेत तयार गरेको छ । प्रांगारिक खेतीको अभ्यास, उत्पादन सामग्री तथा प्राविधिक सेवा विस्तार गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखाका कृषि प्रसार शाखा अधिकृत धनबहादुर कठायतले बताए । प्रांगारिक कृषि उत्पादनमा वृद्धि गर्ने र हरित अर्थतन्त्रमा आधारित समृद्धि ल्याउने सोच प्रदेश सरकारको छ । प्रांगारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यावसायिक र प्रतिस्पर्धी बनाई किसानको जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित कर्णाली प्रदेश प्रांगारिक कृषि ऐन २०७६ समेत जारी भइसकेको कृषि प्रसार शाखा अधिकृत कठायतले बताए । उत्पादक र उपभोक्तालगायतका सरोकारवालाको सहभागितामा स्थानीय परिवेश अनुसार उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल विषादीरहित उत्पादनमा जोड दिइएको छ । अग्र्यानिक उत्पादनलाई ध्यान दिँदै रासायनिक विषादी प्रयोग नगरी अग्र्यानिक जिल्लाको पहिचान यथावत् राख्नुपर्ने मन्त्रालयको योजना महाशाखा अन्तर्गत कृषिप्रसार शाखाले बताएको छ । विषादीको प्रयोग बढ्दै जाँदा बजारमा स्वस्थ र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्लो समय पाउन मुश्किल भइसकेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए । कृषि क्षेत्रको नीति बनाउन सुझाव लिने र नीति निर्माण गर्ने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीको भनाइ छ । यहाँको रैथाने बाली संरक्षण गरे मात्र जिल्ला आत्मनिर्भर हुनेदेखि कोदो, फाँपर, उवा, ओखर, सिमी, चिनो, कागुनो धेरै उत्पादन गर्न सकिने सम्भावना छ । अग्र्यानिक मिसन सफल पार्न तथा रैथाने बाली अग्र्यानिक खेती प्रविधिमा विस्तार गर्दै बीउ संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

काठमाडौं, १४ कात्तिक । कर्णाली प्रदेशमा तीनजना मन्त्री स्वतः पदमुक्त हुने भएका छन् । उनीहरु संसद सदस्य नभई ६ महिना मन्त्री भएको अवधि भोलि पूरा हुन लागेकाले संविधान बमोजिम पदमुक्त हुन लागेका हुन् । कर्णाली प्रदेशमा पदमुक्त हुन लागेका तीन जना मन्त्रीहरु कुर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बुढा नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । […]

कर्णालीमा बेरुजु व्यवस्थापन प्रणाली लागू हुँदै

कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ।

कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी भर्ना

सुर्खेत : कर्णाली प्रदेश सरकारले ११२ जना स्वास्थ्यकर्मी भर्ना गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौँ तहका स्वास्थ्यकर्मी भर्ना गरेको हो।निर्देशनालयका अनुसार नियुक्त भएका स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याब टेक्निसियन १२, हेल्थ असिस्टेन १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज दुईजना छन्। करार सेवामा नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ।कोरोना भाइरसको दास्रो लहरसँगै संक्रमित तीव्र दरमा बढेपछि कर्णा