केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो । आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काकाअनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा