‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

काठमाडौं, १४ कात्तिक । कर्णाली प्रदेशमा तीनजना मन्त्री स्वतः पदमुक्त हुने भएका छन् । उनीहरु संसद सदस्य नभई ६ महिना मन्त्री भएको अवधि भोलि पूरा हुन लागेकाले संविधान बमोजिम पदमुक्त हुन लागेका हुन् । कर्णाली प्रदेशमा पदमुक्त हुन लागेका तीन जना मन्त्रीहरु कुर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बुढा नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । […]