कर्णाली प्रदेशमा प्रांगारिक क्षेत्र घोषणा कार्यान्वयन हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने निर्णय कार्यान्वयन गर्ने भएको छ । सोही अन्तर्गत कृषि विकास कार्यालय जुम्ला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र खाद्य तथा कृषि संगठन जुम्लाले जिल्लामा प्रांगारिक मिसन तयारी गोष्ठी सम्पन्न गरेको छ ।      व्यावसायिक प्रांगारिक तथा रैथाने बालीको उत्पादन र बजारीकरण बीचको दूरीलाई कम गर्दै विशेष प्रांगारिक मूल्य शृंखलाको विकास गर्ने उद्देश्यले अभियान गोष्ठी गरेको हो । जुम्लाका अगुुवा किसान, पत्रकार, अग्र्यानिक कृषि अभियन्ता लगायतको उपस्थितिमा जिल्ला सदरमुकाम जुम्ला बजारमा आयोजित एकदिने गोष्ठीमा अग्र्यानिक जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुलाई बाह्य बजारसम्म प्रमाणीकरण गरी विक्री गर्ने विषयमा छलफल गरिएको छ । कर्णाली प्रदेश सकारकाले १५ वर्षे प्रांगारिक कृषि योजना समेत तयार गरेको छ । प्रांगारिक खेतीको अभ्यास, उत्पादन सामग्री तथा प्राविधिक सेवा विस्तार गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखाका कृषि प्रसार शाखा अधिकृत धनबहादुर कठायतले बताए । प्रांगारिक कृषि उत्पादनमा वृद्धि गर्ने र हरित अर्थतन्त्रमा आधारित समृद्धि ल्याउने सोच प्रदेश सरकारको छ । प्रांगारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यावसायिक र प्रतिस्पर्धी बनाई किसानको जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित कर्णाली प्रदेश प्रांगारिक कृषि ऐन २०७६ समेत जारी भइसकेको कृषि प्रसार शाखा अधिकृत कठायतले बताए । उत्पादक र उपभोक्तालगायतका सरोकारवालाको सहभागितामा स्थानीय परिवेश अनुसार उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल विषादीरहित उत्पादनमा जोड दिइएको छ । अग्र्यानिक उत्पादनलाई ध्यान दिँदै रासायनिक विषादी प्रयोग नगरी अग्र्यानिक जिल्लाको पहिचान यथावत् राख्नुपर्ने मन्त्रालयको योजना महाशाखा अन्तर्गत कृषिप्रसार शाखाले बताएको छ । विषादीको प्रयोग बढ्दै जाँदा बजारमा स्वस्थ र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्लो समय पाउन मुश्किल भइसकेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए । कृषि क्षेत्रको नीति बनाउन सुझाव लिने र नीति निर्माण गर्ने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीको भनाइ छ । यहाँको रैथाने बाली संरक्षण गरे मात्र जिल्ला आत्मनिर्भर हुनेदेखि कोदो, फाँपर, उवा, ओखर, सिमी, चिनो, कागुनो धेरै उत्पादन गर्न सकिने सम्भावना छ । अग्र्यानिक मिसन सफल पार्न तथा रैथाने बाली अग्र्यानिक खेती प्रविधिमा विस्तार गर्दै बीउ संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।