सुर्खेत : फोहोर व्यवस्थापनको विषयमा जिल्लाका दुई स्थानीय तहबीच विवाद उत्पन्न भएको छ। बराहताल गाउँपालिकाले आफ्नो वनक्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले जथाभावी फालेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो।वीरेन्द्रनगर–१ को पश्चिम र बराहताल–१० को पूर्व सीमाना जोडिएको छ। वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ को तारेभिर नजिकै फोहोर फाल्छ। सोही स्थानमा फोहोर फाल्दा आफ्नो क्षेत्रमा परेको भन्दै बराहताल गाउँपालिकाको वडा नं. १० ले आपत्ति जनाएको हो। वीरेन्द्रनगरले फोहोर फाल्ने गरेको आधा भू&n