दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन सुरू भएको छ । ‘लोक कल्याण र पृथ्वी आमाको लागि सँगसँगै’ भन्ने नारासहित दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन शुक्रवार सुरू भएको हो ।
विश्वभरका पाँचसय आदिवासीले सहभागिता जनाउने यस सम्मेलन साउन २९ देखि भदौ १७ गतेसम्म भर्चुअल रुपमा आयोजना भइरहेको छ ।
सम्मेलनको पहिलो दिन नेपालको तर्फबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका संयोजक सांसद पुर्णकुमारी सुवेदीले प्राकृतिक स्रोतको प्रवद्र्धन र उपयोग तथा यससँग सामिप्यता राख्ने समुदायका मुद्दामा समिति समन्वयकारी भुमिका खेल्न तयार रहेको बताउनुभयो ।
सम्मेलनले पारित गर्ने विश्वका आदिवासी महिलाको सामूहिक दस्तावेजमा नेपाली आदिवासी महिलाको सरोकारलाई सम्वोधन गर्न समितिले पहल गर्ने उहाँको प्रतिवद्धता छ ।