जनकपुरधाम : कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोजीरोटी गुमाउनेका लागि महोत्तरीको बर्दिबासमा फुड बैंक संचालन गरिएको छ।निषेधाज्ञाले बेरोजगार बनेका मजदुर तथा असहाय, २४ सै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदलयात्री, गरिवहरुलाई दैनिक खाजा र खाना वितरण गरिने फुड बैंक ब्यबस्थापन उप–समितिका अध्यक्ष सुदिप कार्कीले जनाए।‘मानवता देखाउने समय आएको छ, हुनेले दिनुस्, नहुने लिनुस्’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले फुड बैंक मार्फत रा