कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो । महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग