लायन्स फुड बैंकमार्फत साठी परिवारलाई खाद्यान्न सहयोग

तनहुँ।लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो।निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीले जनाएको छ।