विराटनगरमा फुड बैंक सञ्चालन, निषेधाज्ञाको मारमा पर्नेलाई राहत

विराटनगर : निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी खाने वर्गका मानिसलाई दुई छाक टार्न पनि मुस्किल छ। काम गर्न नपाउँदा छाक टार्न धौधौ छ। खानाको बन्दोबस्त गर्न सामाजिक अभियान्ताहरूले सहयोग गर्दै आइहरेका छन्। लामो निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेका बेला विराटनगरमा फुड बैंक सञ्चालनमा आएको छ।शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका-५ बरगाछीमा सञ्चालन गरेको फुड बैंकबाट निषेधाज्ञा प्रभावित विपन्न परिवारले राहत पाएका छन्।अघिल्लो वर्षको लकडाउनको समयमा स्थानी