काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले बिजुलीको तार भूमिगत गर्ने नाममा सडक खनेर खाल्डैखाल्डा छाडेका छन्। महिनौँ बितिसक्दा पनि खाल्डा नपुर्दा सवारीसाधन दुर्घटना हुने जोखिम बढेको छ। धोबीखोला करिडोर,चावहिलस्थित ओम अस्पताल अगाडि,चुच्चेपाटीस्थित पानीट्यांकी लगायत अन्य काठमाडौं उपत्यकाको क्षेत्रमा तार भूमिगत गर्न सडक खनेर काम सकिँदा पनि ती खाल्डा अझै पुरिएको छैन। ती खाल्डामा ढल जमेको छ।खाल्डा पिच नहुँदा सर्वसाधारणको ज्यान जोखिममा परेको छ। यस्तो अवस्थामा पनि सम्बन्धित निकाय