धनकुटा : पूर्वी पहाडी जिल्ला धनकुटामा चुनावी सरगर्मी बढ्न थालेको छ।यसै क्रममा भौगोलिक कारणले सुरक्षा चुनौती पनि बढ्दो मात्रामा रहेको छ।निर्वाचनका बेला जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा सुरक्षा व्यवस्था बलियो बनाउने जनाएको छ।धनकुटामा रहेका एक सय १८ मतदानस्थल मध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा