तराई क्षेत्रमा समानान्तर रूपमा हुलाकी र महेन्द्र राजमार्ग बनाएको सरकारले पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडलाई सडक सञ्जालबाट जोड्न एक दशकअघि मध्यपहाडी लोकमार्ग निर्माण गर्न सुरु गरेको हो । पूर्वदेखि पश्चिमसम्म महेन्द्र राजमार्गबाट उत्तरतर्फका मध्यपहाडमा जान पर्याप्त सडक मार्ग बनेका छन् । तर, एउटा जिल्ला वा पहाडबाट अर्को जिल्ला वा पहाडमा जान तराई झरेर महेन्द्र राजमार्ग प्रयोग गर्नुको […]