निर्वाचनमा तीन घेरामा सुरक्षाकर्मी परिचालन

धनकुटा : वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर धनकुटामा अति संवेदनशील केन्द्रहरु चयन भएका छन्।निर्वाचन आयोगले तयार पारेको १ सय १८ मतदान स्थल र १ सय ५९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसो

सम्बन्धित सामग्री

दोलखाको पुन: मतदान- बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन (लाइभ)

मतदान केन्द्र वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालित छन् । भोट खसाउन आएका मतदातालाई प्रहरीले उच्च निगरानीमा राखेका छन् ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ”, उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्

निर्वाचनको सबै तयारी पुरा, तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन्। निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी…

पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनका लागि पर्सामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली पचिालन गरिएको जानकारी दिए । जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् । मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् । पर्सामा रहेका कुल १४ पालिकाको विभिन्न पदका जनप्रतिनिधिको निर्वाचनमा लागि कुल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । रासस

मकवानपुरमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

हेटौंडा । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा  शुक्रवार हुने स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका  लागि  तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । मकवानपुरमा  निर्वाचनका लागि प्रशासनद्वारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालन गरिएको हो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदानस्थल वरिपरि नेपाली सेना परिचालन गरिएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले बताएको छ । यस्तै, जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए । मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिंगी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले बताएको छ । रासस

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए । अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए ।

सर्वोच्च परिसरमा चार तहका सुरक्षाकर्मी परिचालन

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालत परिसरमा कम्तीमा चार तहको सुरक्षा घेरामा प्रहरी टोली तैनाथ छन् । जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ । यसअघि एसपीको नेतृत्वमा […]