प्रतिनिधि सभा पुनःस्थापना भई देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी

जनकपुर, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना हुने दावी गर्नुभएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई सकिएको भोलिपल्ट दाहालले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश नै दिने विश्वास व्यक्त गर्नुभएको हो । मंगलबार माओवादी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन धनुषा पुग्नुभएका दाहालले […]

सम्बन्धित सामग्री

गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी

काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको छ । गठबन्धनले ओलीलाई हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने दुवै उद्देश्य पूरा गरेको छ । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल […]

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासतर्फ लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि ओली शीतल निवास लागेका हुन् । सर्वोच्च अदालतको आदेशपछिको अवस्थाबारे एमाले स्थायी कमिटी बैठकमा छलफल भएको थियो । सर्वोच्चले सोमवार प्रतिनिधि सभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको थियो ।

देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का पर्न सक्ने

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हुन् कि भन्नेमा सशंकित देखिएका छन् । प्रतिनिधि सभा पुनःस्थापना हुने या नहुने विषय एकातर्फ छ भने अर्कोतर्फ देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिने हो कि होइन भन्ने चासो छ । प्रतिनिधि सभा पुनःस्थापना हुने […]

विघटित प्रतिनिधि सभा पुनःस्थापना

काठमाडौं । विघटित प्रनिनिधि सभा पुनःस्थापना भएको छ । आज २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन मुद्दामा यस्तो फैसला सुनाएको हो । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराद्वारा वाचन गरिएको फैसलामा आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधान न्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान र विश्वम्भर श्रेष्ठ रहेका छन् । पाँचै न्यायाधीशले सर्वसम्मत ऐतिहासिक फैसला सुनाएका हुन् । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गर्दै आगामी २०७७ वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गरेका थिए । उक्त निर्णय विरूद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएका थिए । ती रिटमाथि संवैधानिक इजलासमा पुस ८ गतेदेखि सुनुवाइ सुरु भएको थियो।