प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको सम्बन्धमा सरकारको नैतिक उत्तरदायित्वको प्रश्न उठाएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट अधिवेशन आह्वान मन्तव्य राख्दै कांग्रेस प्रमुख सचेत बालकृष्ण खाणले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।
‘संविधानमा हुँदै नभएको व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटन गरेर यति ठूलो असंवैधानिक कदम चालिसकेपछि, सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरिसके...