BREAKING : २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको ठहर गर्दै विघटनको निर्णय बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला सुनाएको हो । साथै सर्वोच्चले संविधानको धारा ७६ (५)अनुसार दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादे...