विघटित प्रतिनिधि सभा पुनःस्थापना

काठमाडौं । विघटित प्रनिनिधि सभा पुनःस्थापना भएको छ । आज २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन मुद्दामा यस्तो फैसला सुनाएको हो । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराद्वारा वाचन गरिएको फैसलामा आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधान न्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान र विश्वम्भर श्रेष्ठ रहेका छन् । पाँचै न्यायाधीशले सर्वसम्मत ऐतिहासिक फैसला सुनाएका हुन् । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गर्दै आगामी २०७७ वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गरेका थिए । उक्त निर्णय विरूद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएका थिए । ती रिटमाथि संवैधानिक इजलासमा पुस ८ गतेदेखि सुनुवाइ सुरु भएको थियो।

सम्बन्धित सामग्री

गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी

काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको छ । गठबन्धनले ओलीलाई हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने दुवै उद्देश्य पूरा गरेको छ । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल […]

सर्वोच्चद्वारा प्रतिनिधि सभा पुन:स्थापना

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गरेको हो ।  मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा पुनःस्थापना भई देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी

जनकपुर, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना हुने दावी गर्नुभएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई सकिएको भोलिपल्ट दाहालले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश नै दिने विश्वास व्यक्त गर्नुभएको हो । मंगलबार माओवादी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन धनुषा पुग्नुभएका दाहालले […]

देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का पर्न सक्ने

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हुन् कि भन्नेमा सशंकित देखिएका छन् । प्रतिनिधि सभा पुनःस्थापना हुने या नहुने विषय एकातर्फ छ भने अर्कोतर्फ देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिने हो कि होइन भन्ने चासो छ । प्रतिनिधि सभा पुनःस्थापना हुने […]

सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए ।उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं ।

आयोगले अब जनतालाई भन्नुपर्‍यो– ६ महिनामै चुनाव गराउँछौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्रमा चुनाव भइसक्नुपर्ने बताएका छन् ।  सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपनि निर्वाचन आयोगले भने चुनावको तयारी रोक्न नमिल्ने उनले बताए ।  नेपाली कांग्रेसले रुपन्देहीमा सोमवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभा पुनःस्थापना नभए जेठ अन्तिमसम्ममा चुनाव गरिसक्नुपर्ने बताएका हुन् ।  ‘संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्छ, जेठको अन्तिमसम्ममा गर्नुपर्छ । निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्...

संसद् पुनःस्थापना हुन्छ, हुन्छ– झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान जोगाउन प्रतिनिधि सभा पुनःस्थापना बाहेकको बाटो नभएको दाबी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने खनालको विश्वास छ । ‘आजको सर्वोच्च अदालत हिजोका राजा महाराजाले बनाएको होइन, हामीले बनाएको संविधानले बनाएको हो । सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या गर्न मिल्दै मिल्दैन । संसद्को पुनःस्थापना हुन्छ, हुन्छ,’ खनालले भने, ‘संविधान बचाउने अर्को विकल्प छैन । सर्वोच्चले के गर्ला भनेर भ्रम छर्नु पर्ने अवस्था छैन । सर्वोच्...