राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासतर्फ लागेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि ओली शीतल निवास लागेका हुन् ।
सर्वोच्च अदालतको आदेशपछिको अवस्थाबारे एमाले स्थायी कमिटी बैठकमा छलफल भएको थियो । सर्वोच्चले सोमवार प्रतिनिधि सभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको थियो ।