खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत देखिएको छ । खानेपानी मन्त्रालय र मातहतका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिकाबारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत देखिएको हो ।
आइतबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिकाबारे जानकारी गराइएको थियो । समीक्षा बैठकमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी सहसचिव अरुण सिंखडाले गराए । मन्त्रालयअन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई १ लाख ९० हजार २ सय ९२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले बताए ।