अर्थ मन्त्रालयल कार्यक्रम तथा आयोजनाको भौतिक प्रगति र गुणस्तर समेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा पहिलो त्रैमासिक निकासा÷भुक्तानीको लागि भने भौतिक प्रगति आवश्यक नहुने उल्लेख छ । दोस्रो त्रैमासिक निकासा भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासिक निकासा तथा भुक्तानीका लागि सो अवधिसम्मको भौतिक प्रगति न्युनतम ५० प्रतिशत हुनुपर्ने मार्गदर्शनमा उल्लेख छ । सोभन्दा कम भौतिक प्रगति भएको अवस्थामा स