नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५५ भौतिक प्रगति

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको...

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ७६ प्रतिशत

९ असार, काठमाडौं । नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ७६ प्रतिशतभन्दा बढी भएको भएको छ । यसैगरी वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी छ । राष्ट्रिय योजना आयोगले आइतबार बिहान गरेको अनुगमनको क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक …

‘ब्रेक थ्रु’ पछि नागढुंगा सुरुङको भौतिक प्रगति ७२.६१ प्रतिशत

६ वैशाख, काठमाडौं । गत सोमबार 'ब्रेक थ्रु' भएको नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ७२.६१ प्रतिशत पुगेको छ । यो आयोजनामा २६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो …

चार महिनाभित्र नागढुंगा सुरुङ मार्गको ब्रेक थ्रु गरिने, कति भयो काम ?

आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ४६.२६ प्रतिशत भएको छ । मुख्य र आपतकालीन सुरुङसहित कुल ५ दशमलव ४९९ किलिमिटरमध्ये अहिलेसम्म ३ दशमलव ८५९ किमी खनिसकिएको छ ।

धादिङ-काठमाडौँ सुरुङमार्गको प्रगति ५६ प्रतिशत

निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसि

सुरुङमार्गको निर्माण करिब ५० प्रतिशत

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा आयोजनाको कुल प्रगति ४८.५ प्रतिशत पुगेको छ ।आयोजनाले केही दिनअघि प्रगती विवरण सार्वजनिक गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग १ हजार १ सय ६ मिटर र निकासी सुरुङमार्गको १३ सय ८४ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।” आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको […]

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...

दुई वर्षमा सुरुङ मार्गको भौतिक प्रगति २२ प्रतिशत, अब १८ महिनामा सक्नुपर्ने

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको दुई वर्ष वित्यो । अहिलेसम्म भौतिक प्रगति २२ प्रतिशत मात्र छ । निर्माण सम्पन्न गर्ने समय नजिकिँदै जाँदा प्रगति बढ्न सकेको छैन । ठेक्का सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नु पर्ने छ । अब १८ महिना मात्र बाँकी छ ।

६ महिनामा नागढुंगा सुरुङमार्गको १६ प्रतिशत काम

२० अर्ब ६० करोडको आयोजना अप्रिल २०२३ भित्र सक्ने लक्ष्य निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति अहिलेसम्म १६ प्रतिशत पुगेको छ । ०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर २६...

नारायणगढ–बुटवल सडक विस्तार : २ वर्षमा भौतिक प्रगति १०% भन्दा कम

असार २१, बुटवल । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन ।  पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।  सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन् ।’ सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०÷६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाख महीनामा देशभरमा संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए । उनले भने, ‘वैशाखमा फर्किएका अझै फर्किएका छैनन् ।’ अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए ।  कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन । उनले भने, ‘पोल हटाउननका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’  सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरुका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । उनले भने, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ ।’ ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ । अझै पनि समयमा सकाउनेमा शंका रहेको प्रमुख दृष्टिले बताए । गत वर्ष छ महीना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । उनले भने, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ ।’  गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् ।  अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । बन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जानकारी दिएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । उनले भने, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ ।’  गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।  विसं २०७५ चैतमा सो सडकको विस्तार शुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस