भरतपुर महानगरको प्रशासनिक भवन : ५० प्रतिशत भौतिक प्रगति

११, फागुन, चितवन । भरतपुर महानगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण ठेक्का लिएका शर्मा–सगरमाथा–सगुन जेभीका प्रमुख सहदेव खड्काका अनुसार भवनको ५० प्रतिशत भौतिक र ४० प्रतिशत वित्तिय प्रगति भएको हो । सात कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ६ तले भवनको तेस्रो तला ढलान भइसकेको छ । चौथो तला […]

सम्बन्धित सामग्री

अत्याधुनिक सुविधासम्पन्न भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम …

भरतपुर महानगरपालिकाले २२१ काेठाकाे भब्य भवन बनाउने

चितवन ।  भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले  ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत […] The post भरतपुर महानगरपालिकाले २२१ काेठाकाे भब्य भवन बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ । रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सोे भवन १४ हजार १५२ वर्गमिटरको हुने छ । महानगरको आफ्नो खर्च

इटहरीमा २५ करोड लागतको कृषि बजार शिलान्यास

सुनसरी (अस) । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजनाअन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ । इटहरी–९ हाटखोलामा निर्माण हुने कृषि बजारको उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरे । इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्ड स्टोरसहितको कृषि वजार निर्माण हुनेछ । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न सकिने कोल्ड स्टोर रहनेछ । तरकारी र फलफूलजन्य सामग्री बिक्री कक्ष, एटीएम लाउन्ज, प्रशासनिक भवन, आवास कक्ष, दुई वटा धर्मकाँटा, १० वटा थोक बिक्री कक्ष निर्माण गरिनेछ । कृषि बजार निर्माण गर्न यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको उपमहानगर प्रमुख चौधरीले बताए । दुई वर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरबाट ५० प्रतिशत सहभागिता रहनेछ भने यो वर्ष प्रदेश सरकारले १ करोड उपलब्ध गराएको छ । कार्यक्रममा उपमहानगर प्रमुख चौधरीले जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको उनको दाबी छ ।

इटहरीमा २५ करोडको लागतमा कोल्ड स्टोरसहितको कृषि बजार निर्माण हुँदै

फागुन १९, सुनसरी । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजना अन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ ।  इटहरी वडा नम्बर-९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार रू. २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि बजार निर्माण हुन लागेको हो । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर निर्माण हुन लागेको बताइएको छ ।  तरकारी र फलफूलजन्य समग्रीको विक्री कक्ष, एटिएम सहितको बैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईओटा धर्मकाँटा, १० ओटा थोक विक्री कक्ष निर्माण गरिने छ ।  यो वर्ष बजार निर्माणको लागि संघीय सरकारले रू. २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने उक्त कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ भने यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ ।  शिलान्यास कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँसकाटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । चौधरीले पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको बताए ।

आफ्नै घरको जग बसाल्दै जैमिनी

बलेवा । जग्गा अभावका कारण ५ वर्षदेखि थालनी हुन नसकेको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम शुरू भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीय बासिन्दाले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो ।    तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको काम शुरू भएको इन्जिनीयर विवेक सापकोटाले बताए । स्थानीय तह गठनपछि भवन निर्माणका लागि योजना बनाएको नगरपालिकाले अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिने बेला भवनको जग बसाल्ने भएको हो ।    भवन निर्माणको जिम्मेवारी पाएको रविना, प्राकृतिक जुगल जेभीले तत्कालै काम थाल्ने बताएको छ । रू. ८ करोड १७ लाख ६५ हजार ८२ मा निर्माण हुने भवनका लागि नेपाल सरकार र नगरपालिकाले ५०/५० प्रतिशत साझेदारी गर्ने छन् । विसं २०८१ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी माघ २१ गते ठेक्का सम्झौता भइसकेको सापकोटाले जानकारी दिए ।    चार तलाको सुविधा सम्पन्न भवनमा ४२ ओटा प्रशासनीक कोठा तयार हुनेछन् । ‘हामीले यहाँ नयाँ अभ्यास गरेका छौं, भुइँतलाबाट चार तलासम्म विद्युतीय लिफ्ट हुनेछ,’ सापकोटाले भने, ‘अहिले भवनको परिसरका संरचना बन्ने छैनन् तर सबै संरचना बनिसक्दा नगरको प्रशासनिक भवन नमूना हुनेछ ।’ जिल्लामा सरकारी भवनमा लिफ्टको सुविधा भएको यो प्रशानिक भवन दोस्रो हुनेछ । यसअघि धवलागिरिमा नै पहिलो पटक धवलागिरि अस्पताल बागलुङमा लिफ्ट जडान भएको थियो ।    जनप्रतिनिधि आएपछि पहिलो वर्षदेखि नै जग्गा प्राप्तिका लागि प्रयास भए पनि अघिल्लो वर्षमात्रै नगरपालिकाले जग्गा प्राप्त गरेको थियो । नेपाल सरकारले जग्गाको प्लटिङमा लगाएको रोकको मारमा परेको नगरपालिकाले रोक्का फुकुवा भएपछि जग्गा आफ्नो नाममा बनाएको थियो ।    ११ जना स्थानीय बासिन्दाको १८ रोपनी जग्गा एकीकृत गरेर नगरपालिकाले पाँच रोपनी जग्गा प्राप्त गरेको थियो । बाँकी जग्गा प्लटिङ गरेर आवश्यक पूर्वाधार निर्माणपछि सम्बद्ध उपभोक्तालाई नगरपालिकाले फिर्ता दिने छ । कुश्मिसेरा बजारको दक्षिणतर्फ बन्ने भवन जैमिनी नगरपालिकालाई फेरो हालेका ठेउले खोला र टिमुर खोलाको दोभानमा बन्ने छ । कर्मचारीका लागि आवासीय सुविधासमेत भवन परिसरमै हुनेछ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाह सहज हुने नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।    आफ्नै भवन नहुँदा नगरपालिकाले महँगो भाडा तिरेर व्यक्तिको घरबाट प्रशासनिक काम गर्दै आएको छ । रासस