१ नम्बर प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) १ नम्बर प्रदेश कमिटीले सोमवार आयोजना गरेको बडादशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औ...