प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

सङ्घ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि सङ्घको बजेटमा समेट्नुपर्ने गण्डकीका योजनाको सूची प्रधानमन्त्रीलाई बुझाएका हुन् ।“रा