आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ । मलाई प्रेम दिवसले आफ्नै विगत, कलेजका दिनहरू सम्झाउँछ । प्रेम सप्ताह सुरु भएपछि कलेजमा छुट्टै रमाइलो माहोल सिर्जना हुन्थ्यो । कक्षामा हल्ला चलेका जोडीहरूको ससानो हरेक क्रि