'भ्यालेन्टाइन डे' नजिकिँदै गर्दा गुलाब आयातमा प्रतिबन्ध

काठमाण्डाै – 'भ्यालेन्टाइन डे' (फेब्रुअरी १४) नजिकिँदै गर्दा सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताउनुभयो । उहाँले अर्को व्यवस्था नभएसम्म आयात अनुमति...