काठमाण्डाै - आज 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदै छ ।
हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।
विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन 'भ्यालेन्टाइन डे' लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । 'भ्याले...