युवाहरुमा ‘भ्यालेन्टाइन डे’ को रमझम (फोटो फिचर)

काठमाण्डाै - प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ ।  प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई  प्रेम प्रस्ताव राख्ने गर्छन् ।  यतिबेला काठमाण्डौ उपत्यकामा भ्यालेन्टाइन डेको रमझम छ । भ्यालेन्टाइन डे इटलीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झिँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत् गोप्य कुराहरू बाहिर जा...