ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।&