काठमाडौं : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान निर्माण गर्ने नेताहरुले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबार बिहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता साहले राजनीतिक दल र नेताहरुको दूरदर्शीता अभाव र भागवण्डाको आधारमा निर्माण भएको वर्तमान संविधानमा रहेका गलत प्रावधानहरुको कारण देशले अहिले दुर्दशा भोग्नुपरिरहेको बताए।प्रमुख राजनीतिक दलहरुले आआफ्नो हिस्साको व्यवस्था मिसाएर बनाएको खिचडी संविधान ५ वर्षमै नेताहरुलाई मुठभेडको अवस्थामा पुर्याउनु संविधान गलत रहेको प्रमाणित भए