प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवस मनाइरहँदा उनकै दलका एक नेताले भने संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका एमाले नेता प्रभु साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए । नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने