अफगानिस्तानमा तालिबानको सरकार बन्ने तयारीबीच सन् १९९९ मा तालिबानको शासन झेलिसकेकी एक महिलाले आफ्नो कहानी सुनाइरहेकी छिन् । यी महिलाको परिवार सन् १९९९ मा तालिबानको शासनका बेला छरपस्ट भएको थियो । अफगानिस्तानको पश्चिमी शहर हेरातमा बस्ने फरिबा १० वर्षकी थिइन् जब अन्तिम पटक उनले आफ्नो घरमा आफ्ना पितालाई देखेकी थिइन् । उनको परिवारको अनुसार उनलाई तालिबानले अपहरण गरेको थियो । यो फरिबाको कहानी हो । यो कहानीमा नाम फेरिएको छ ताकि मानिसहरुको पहिचान लुकाउन सकियोस् । तालिबानको शासनमा बस्नु भनेको एउटा खरा