अफगानिस्तानमाथि तालिबानको कब्जापछि बीबीसीले काबुलमा एक महिलासँग कुरा गरेको छ । यी महिलाले अघिल्लो हप्तासम्म लगभग दुई वर्षसम्म अफगान सरकारका लागि काम गरिन् । उनले तालिबानले शहरमा नियन्त्रण लिएपछि र त्यसपछिको भविष्यबारे आफ्नो डरबारे कुराकानी गरेकी छिन् । यी महिलाले आइतबारको दिन उनको जीवनको सबैभन्दा भयानक दिन भएको बताएकी छिन् । यहाँ उनको कहानी उनकै शब्दमा दिइएको छ –म बिहान आफ्नो कार्यालय गएकी थिएँ । त्यहाँ मैले एकमात्र महिला देखेँ । उनी ढोकामा तैनाथ एक सुरक्षाकर्मी थिइन् । त्यहाँ निकै कम