‘म खतरामा छु तर मैले आफ्नोबारेमा केही सोचेको छैन । सोचेको छु त केवल मेरो देशबारे । हालसम्मको परिवर्तनमा ल्याइपुर्याउने मेरो पुस्ताबारे पनि सोचिरहेको छु ।’अफगान फिल्म निर्माता सारा करिमीले बीबीसीसँगको कुराकानीमा भनेको अंश हो यो । उनले अफगानिस्तानलाई लिएर विश्व पुरानै दिनमा फर्किएको उल्लेख गर्दै फेरि उही ‘अन्धकार युग’ दोहोरिनेमा आफू चिन्तित बनेको बताएकी छन् ।