यतिकैमा आमैले अलि चर्को स्वरमा भन्नु भयो, 'बाबुले गफैगफमा आफू कता हिँडेको बिर्सनु भयो जस्तो छ। तपाईं त्यतैबाट आउनु भएको, काठमाडौँ तिर हिँड्न लाग्नु भएको हैन र?'
मैले मुस्कुराउँदै भनेँ, 'आमा यहाँ आउँदासम्म म गलत दिशामा हिँडेको रहेछु। अब जता जाँदै छु यो सही दिशा हो। र, म त्यतै फर्किएँ जताबाट म आएको थिएँ।'