विराटनगरको पञ्चाली रोडमा नेकपा एमाले पार्टी कार्यालयको दायाँपट्टि एउटा सामान्य छाप्रोमा चिया पसल छ । पसल सञ्चालक हुन् खोटाङबाट विराटनगर झरेका लक्ष्मण राई ।
झट्ट हेर्दा सामान्य देखिने चिया पसलको राजनीतिक साइनो गहिरो छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका ३ जना पूर्व प्रधानमन्त्रीहरूले त्यो पसलमा चियाको चुस्की लिएका छन् । नेताहरूले सञ्चालक राईलाई ‘लक्ष्मण दाइ’ भन्छन् ।
लक्ष्मण दाइको पसलमा चिया पिउँदै विद्यार्थी राजनीति गरेका नेताहरू सांसद, मन्त्री र पार्टीको नेतृत्व तहमा पुगे तर चिया पसल कहिल्यै परिव...