थानकोटमा चिया पसल सञ्चालकलाई रड प्रहार गर्ने दुईजना पक्राउ

काठमाडौँको थानकोट स्थित चेकपोस्टमा चिया पसल सञ्चालकलाई रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन २४ मा दिउँसो १ बजे चिया पसल सञ्चालक २७ वर्षका राजु केसीलाई दुई जनाले रडले हानेर भागेका थिए ।रड प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ घर भएर रानिवारी बस्ने सागर श्रेष्ठ र नुवाकोटको दुप्चेश्वर–२ घर भएर बाफल बस्ने अशोक बोगटी छन् । उनीहरूलाई डल्लु र रानिबारीबाट पक्राउ गरेर प्रहरी वृत्त थानक