मोरङ – विराटनगर महानगरपालिकाभित्र खुलेका विभिन्न चिया पसल, रेष्टुरेन्ट तथा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु बढिरहेको महानगरले जनाएको छ। मंगलबार महानगरपालिकामा आयोजित सूर्तीजन्य पदार्थरहित दिवस मनाउने क्रममा जनस्वास्थ्य महाशाखाले चियासँगै युवायुवती सूर्तीजन्य पदार्थको सेवनमा अभ्यस्त हुँदै गएको जनाएको हो। महानगर जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले महानगरभित्र अनुगमनको पाटोलाई सक्रिय बनाउँदै सुर्तीजन्य पदार्थ सेवनविरुद्ध बृहत् […]