बागमती प्रदेशमा सरकार परिवर्तन भएको आठ दिन पूरा भएको छ । गत साता बुधबार एकाएक डोरमणि पौडेलले सत्ता हस्तान्तरण गरे । उनको राजीनामालाई पार्टी एकता जोगाउनका लागि अतुलनीय योगदानका रुपमा व्याख्या गरिए पनि पार्टी विभाजन प्रक्रिया रोकिएन ।पौडेलले राजीनामा दिएकै दिन उनले नेकपा एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यलाई पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन गराए । सोही आधारमा शाक्यले मुख्यमन्त्री पद सम्हाल्न पाइन् ।बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले राति करिब ९ः३० बजे अष्टलक्ष्मी शाक