हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। सरकार जोगाउन एमालेले गठबन्धनबाहिर रहेका प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन्। एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले गत भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन्। एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले गत भदौ २५ मा मान्यता प्रदान गरेसँगै मुख्यमन्त्र