बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थालेकी हुन् ।गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो ।भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक