काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो। यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले उल्लेख गरेको छ। यस्तै आयाेगले पार्टीको झण्डामा रहेको गाईको तस्बिर पनि हटाउन भनेकाे छ।