राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न राप्रपा लागिरहन्छ :ध्रुबबहादुर प्रधान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् ।उपाध्यक्ष प्रधानले राजासंस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दू धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरे ।

सम्बन्धित सामग्री

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् । मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था […]

निर्वाचन आयाेगले राप्रपालाई भन्याे : विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउनु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो। यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले उल्लेख गरेको छ। यस्तै आयाेगले पार्टीको झण्डामा रहेको गाईको तस्बिर पनि हटाउन भनेकाे छ।

राजसंस्था र हिन्दु राष्ट्र आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरूलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘मलगायत सबैले काम […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]

नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]

प्रजातन्त्र जोगाउन र राष्ट्रलाई स्थिर राख्न राजसंस्था चाहिन्छः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन र राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् । ‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जन प्रदर्शनलाई सम्बोधन गर्दै भने । स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न ...

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी

१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]