हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे उपयुक्त समयमा निर्वाचन आयोगलाई जवाफ दिन्छौँ– राप्रपा

काठमाडौँ– राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले सो निर्णय गरेको हो । राप्रपा पदाधिकारी बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने भएको छ […]

सम्बन्धित सामग्री

हिन्दु राष्ट्र माग्दै सडकमा ओर्लियो राप्रपा नेपाल

६ साउन, काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ । यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग […]

नेपालीहरूलाई एउटै सूत्रमा बाँध्न हिन्दु राष्ट्र : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरेका हुन् । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठ

निर्वाचन आयाेगले राप्रपालाई भन्याे : विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउनु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो। यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले उल्लेख गरेको छ। यस्तै आयाेगले पार्टीको झण्डामा रहेको गाईको तस्बिर पनि हटाउन भनेकाे छ।

राजसंस्था र हिन्दु राष्ट्र आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरूलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘मलगायत सबैले काम […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र हिन्दुराष्ट्र […] The post राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]