काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन र राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जन प्रदर्शनलाई सम्बोधन गर्दै भने ।
स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न ...