काठमाडौँ– स्थानीय तहको निर्वाचनमा दोहोरिएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट निवेदन दिएका हुन्। हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता […]