काठमाडौं : स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने नियमविरुद्ध आज सर्वोच्च अदालतमा रिट परेको छ। निर्वाचन आयोगले लागू गरेको उक्त आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आज रिट दर्ता गरेका हुन्। उक्त रिट आज सर्वोच्चको दर्ता नम्बर ४० ४० मा दर्ता